Logo
Logo

अनुमति बिना प्रधानमन्त्री कार्यालय परिसर छिर्न बन्द


4.5k
Shares

काठमाडौं । शुक्रवार देशले नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्दै छन् । मध्यान्ह १२ः३४ मा बालेनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि सिंहदरबार पुगेर पदबहाली गर्नेछन् ।

The current image has no alternative text. The file name is: pmo-office-new.jpg

बालेनका लागि सिंहदरबारमा नयाँ आसन उत्तर फर्काएर तयार पारिएको छ । यसअघिका प्रधानमन्त्री पूर्वी आसनमा बस्ने गर्थे । बालेनको आसनमात्रै होइन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि पनि यसअघिको व्यवस्था फेरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीका अनुसार शुक्रवारदेखि उक्त कार्यालयको परिसरमा प्रवेश गर्न पनि अनुमति चाहिनेछ । बिहीबारदेखि नै प्रधानमन्त्रीको कार्यालयमा कसैलाई प्रवेश दिइएको छैन । जानै परे मुख्यसचिव र सचिवको अनुमतिले मात्रै जान पाइने छ । 

शुक्रवारदेखि प्रधानमन्त्री कार्यालयको कम्पाण्डभित्र अनुमतिबिना प्रवेश निषेध सुरु हुनेछ । प्रधानमन्त्रीले पदबहाली गरेसँगै यस कार्यालयको कम्पाउन्डको गेटबाट भित्र सोझै प्रवेश पाइनेछैन । प्रधानमन्त्रीको सचिवालयको अनुमतिपछि मात्रै जान पाइने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्