
काठमाडौं । प्रधानमन्त्रीको रूपमा आज रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिँदै छन् । उनले मध्यान्ह १२ः ३४ बजे शपथ लिने कार्यक्रम तय भएको छ । बालेनले आफूसँगै केही मन्त्रीहरूलाई शपथ गराउने तयारी गरिरहेका छन् ।
जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा रास्वपा सभापति रबी लामिछाने र बालेन दुवै सहमति नजिक पुगेको निकट स्रोतले बतायो ।
यसअघि पार्टीका उपसभापति डिपि अर्याल र महामन्त्री सुनिल लम्साल पनि गृहमन्त्रीको चर्चामा थिए । तर जेनजी आन्दोलनमा महत्वपूर्ण भूमिका र रवि–बालेन एकताको सूत्रधार भन्दै सुदनलाई गृहमन्त्री बनाउन दुवै नेता सकारात्मक भएको बुझिएको छ ।
यद्यपी यी तीनमध्ये को गृहमन्त्री बन्छन् भन्ने टुंगो लाग्न भने बाँकी नै छ ।











