काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी गराएका हुन् ।

हेलिकप्टरमा सवार ५ जनासँग टेलिफोन सम्पर्कसमेत नभएको लामिछानेले बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् ।











