Logo
Logo

बालेन सरकारले कार्की आयोग कार्यान्वयन गर्ने निणर्य गरेपछि एमालेमा त्रास !


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुनः द्वन्द्वमा जाने चेतावनी दिएका छन्।

बालेन शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेपछि बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने, उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ।’ बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘ यस्ता पक्षपाती निर्णयहरू कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्। न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको विरुद्ध सशक्त प्रतिरोध अवश्य हुनेछ।’

भदौ २३ र २४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्काली गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्