Logo
Logo

कमल थापाको टिप्पणी- बालेन सरकार निषेध र प्रतिशोधको बाटोमा लाग्यो


882
Shares

काठमाडौं । राप्रपाका नेता कमल थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति आपत्ति जनाएका छन् ।

थापाले सामाजिक सञ्जालमाार्फत् बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरे । अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना, आपसी मिलाप र एकता पहिलो सर्ता भएको बताएका छन् ।

थापाले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

प्रतिक्रिया दिनुहोस्