Logo
Logo

सरकारले प्रतिशोध साँध्यो, सडक र सदनबाट प्रतिवाद गर्छौँ : भट्टराई


882
Shares

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सरकारको कडा आलोचना गरेको छ । नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै प्रतिशोधको राजनीति सुरु भएको भन्दै एमालेले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकारहरुसँग कुरा गर्दै नेता विशाल भट्टराईले ओलीको पक्राउलाई ‘निन्दनीय’ र ’राजनीतिक प्रतिशोध’ को संज्ञा दिए । उनले ओलीलाई पक्राउ गर्न आधार मानिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आफैँमा पूर्वाग्रही रहेको दाबी गरे ।

‘आयोगले २३ गतेको घटनालाई मात्र आधार मानेर दोषी ठह¥याएको छ, तर २४ गते भएको ठूलो विध्वंस र महाराजगन्जमा प्रहरीको अमानवीय हत्याबारे प्रतिवेदन मौन छ,’ भट्टराईले भने । उनले छानबिन समितिका संयोजक कार्की सुरुदेखि नै विवादित र ओलीप्रति नकारात्मक धारणा राख्ने व्यक्ति भएको आरोप समेत लगाए ।

एमालेले यस कदमको कानुनी र संसदीय दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ । जनपक्षीय काम गर्ने अपेक्षा गरिएको सरकारले सुरुमै राजनीतिक पूर्वाग्रह देखाएकोमा एमालेले गम्भीर असन्तुष्टि पोखेको छ ।

प्रतिक्रिया दिनुहोस्