
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत न्यायको सुरूआत भएको बताएका हुन् ।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरूआत हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले भनेका छन्।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू दुवै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।











