
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
केहि बेरअघि बसेको सचिवालयको आकस्मिक बैठकले आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
उनीहरुले एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।
आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।
स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएका ओलीलाई भर्ना गरिएको छ ।











