Logo
Logo

कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ


10.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्का पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् । सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

जेनजी आन्दोलनका बेला गत भदौ २४ गते उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ । उनी स्काउटको जग्गा हिनामिना प्रकरणमा पनि मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्