
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो ।
गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सीआइबीले जारी गरेको जरुरी पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको उल्लेख छ । खड्कालाई सिआइबीकै हिरासतमा राखिएको छ ।
जेनजी आन्दोलनका बेला गत भदौ २४ गते उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।












