Logo
Logo

कार्यान्वयनका लागि प्रहरी परिसर पुग्यो जाँचबुझ प्रतिवेदन


441
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो ।

परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन आइपुगेको र अब कार्यान्वयनको चरणमा रहेको बताए ।

उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै पक्राउ गरेको छ । उनीहरुलाई आज अदालत उपस्थित गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस्