Logo
Logo

कांग्रेसले पूर्णबहादुर खड्कालाई कारबाही गर्ने 


2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई कारबाही गर्ने भएको छ । खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेपछि कारबाही गरिने लागेको हो । 

The current image has no alternative text. The file name is: purnabahadur-khadka.jpg

शनिवार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए ।

पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बताएका छन् । 

उनले विज्ञप्ति जारी गर्ने कुरा पार्टीको मर्यादा र अनुशासनभित्रको कुरा नभएको बताएका छन् । उनले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय भएकालाई यसलाई पार्टीले गम्भीर रूपमा हेरेको बताएका छन् ।

उनले आज पदाधिकारीको बैठक सोबारे छलफल हुने बताएका छन् । उनले खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा पनि छलफल हुने जानकारी गराएका थिए । कांग्रेसले क्रियाशील सदस्यता सबैले अद्यावधिक गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्