
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार पक्राउ गरिएपछि कार्यकर्ताहरूले दोस्रो दिन आइतबार पनि प्रदर्शन गरेका छन् ।
उनीहरूले आइतबार मध्याह्न माइती घर मण्डल र बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । आइतबार एमालेले काठमाडौंसहित देशभर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र पठाउँदै छ ।
अध्यक्ष ओलीको रिहाइ माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र पनि बुझाएका छन् । अहिले जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि बहस चलिरहेको छ । सरकारी वकिलले १० दिनको अनुमति मागेका छन् ।











