काठमाडौं । प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् ।

मन्त्रिपरिषद्को बैठक आइतबार बस्नेबारे भने कुनै जानकारी नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो ।











