Logo
Logo

ओली र लेखकको म्याद थपको बहस सकियो


2.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ ।

The current image has no alternative text. The file name is: oli-lekhak.jpg

आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भएको हो । म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले भने अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए । उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

जिल्ला अदालतमा भएको बहसमा सरकारी वकीलले ओली र लेखकलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने बताएका थिए । ओली र लेखकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले दुवै जनालाई थुनामा राख्न नहुने जिकिर गरेका थिए ।

अब केहीबेरमा न्यायाधीश श्रेष्ठको इजलासले म्याद थपको निवेदनमाथि निर्णय सुनाउनेछ । अनुसन्धानका लागि थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्