Logo
Logo

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

The current image has no alternative text. The file name is: kp-oli-hospital-arrest.jpg

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।

आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिवार पक्राउ परेका थिए ।

एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्