Logo
Logo

अनलाइन सट्टेबाजी बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न पत्राचार


1k
Shares

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले अनलाइन सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

The current image has no alternative text. The file name is: 12-1.jpg

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेको हो ।

सञ्चारमन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो । बेटिङ बन्दका लागि अपरेटर्सहरुलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।  मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्