Logo
Logo

दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरोस् : निर्मला शर्मा


441
Shares


काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले झण्डै दुई तिहाइको नयाँ सरकारले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।

महासंघको ७१औं स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष शर्माले वर्तमान सरकारले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य गर्ने विश्वास व्यक्त गरिन् । उनले भनेकी छन्, ‘लामो समयदेखि रोकिएका सञ्चार सम्बन्धी कानुन र अन्य आवश्यक कानुनहरू महासंघसहित सरोकारवाला पक्षसँगको छलफलमा तत्काल ल्याउन सरकारसँग आग्रह गर्दछु ।’

त्यस्तै, उनले राजनीतिक परिवर्तन र विभिन्न आन्दोलन (जेन्जी आन्दोलन लगायत) का क्रममा क्षति व्यहोरेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूलाई सरकारले तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग समेत गरिन् । बलियो सरकारले पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्