
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकका कार्यसची भने सार्वजनिक गरिएको छैन ।
मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । सोही दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।











