Logo
Logo

पूर्णबहादुर र शेखरले बोलाए कांग्रेस सांसद


6.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले नवनिर्वाचित संघीय सांसदका लागि बधाई कार्यक्रम राखेको छ ।

सोमबार अपराह्न धुम्बाराहीको स्मार्ट होटलमा कांग्रेसबाट नवनिर्वाचित निर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई बधाई कार्यक्रम राखिएको प्रतिनिधिसभा सदस्य निस्कल राइले जानकारी दिए ।

गत शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्