
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।
ओली पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै आइतबार अदालतमा रिट दायर गरेकी थिइन् । ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले शनिबार बिहानै निवासबाटै पक्राउ गरेको थियो ।
उनलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनी स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।











