Logo
Logo

एसपी यादबलाई निलम्बनको तयारी ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० माघ ।
प्रहरी प्रधान कार्यालयले एसपी रामेश्वरप्रसाद यादवलाई सिन्धुलीबाट हटाएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको छ ।

घुस खाएको प्रमाण फेला परेपछि त्यहाँबाट हटाएर उनीमाथि कारबाही अघि बढाइएको हो । गाँजा कारोबारी तथा क्रसर सञ्चालकहरूसँग पैसा लिएको उजुरीमा छानबिन गर्दा वास्तविकता रहेको खुलेपछि उनलाई जगेडापुलमा सरुवा गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको हो । उनले क्रसर तथा वालुवा व्यापारीहरुसँग पनि पैसा असुलेका थिए । उनी निलम्बनमा पर्ने सम्भावना छ । तर, निलम्बन नगर्न नेताहरुमार्फत उनले आईजिपी सर्वेन्द्र खनाललाई दबाब दिएका छन् ।
पाँच महिनाअघि उनले राजमार्गमा अवैध रूपमा चल्ने सवारीसाधनबाट पैसा लिएकोमा समेत छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा एसपी चक्रबहादुर सिंहलाई पठाएको छ ।
एसपी यादब डिएसपी हुँदा पनि लागूऔषध काण्डमा निलम्बनमा परेका थिए । तर, पनि उनले पटक पटक इन्चार्ज हुने अवसर पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्