काठमाडौं । वैदेशिक रोजगार विभागले अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन नै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो ।
सोही आधारमा आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अनुसार आजदेखि नै श्रम स्वीकृति दिन काम भइरहेको हो । तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।











