काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि प्रदर्शन गरेको छ ।

आज माइतीघर मण्डलमा विरोध कार्यक्रम भइरहेका छन् । एमाले कार्यकर्ताहरूले ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ ।











