Logo
Logo

छुट्टै भेला कांग्रेसको पुरानै अभ्यास हो : शेखर कोइराला


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले छुट्टै भेला र छलफलको अभ्यास नेपाली कांग्रेसमा पहिले पनि निरन्तर रहिआएको बताएका छन् ।

सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा देउवा-शेखर समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो धारणा राखेका हुन् । 

 ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै अभ्यास हो, अहिले पनि गरिरहेका छौँ,’ उनले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट र छलफल भइरहनेछ ।’संसद्मा भइरहेका गतिविधिबारे जानकारी लिन र बाहिर रहेका नेताहरूसँग समन्वय गर्न यस्ता भेला आवश्यक रहेको उनको भनाइ छ ।

 ‘संसद्मा के भइरहेको छ, कसरी अगाडि बढ्ने? हामीमध्ये धेरै साथीहरू संसद् बाहिर छौँ,’ कोइरालाले भने, ‘त्यसैले तपाईँहरूले यस्ता विषयमा ध्यान दिएर छलफल गर्नुहोस् ।’ 

नवनिर्वाचित सांसदहरूलाई उनले संसद् बाहिर रहेका वरिष्ठ नेताहरूसँग नियमित सरसल्लाह र सुझाव लिन आग्रह गरे । ‘मभन्दा पनि धेरै पुराना र वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरूसँग सल्लाह गर्नुहोला,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्