Logo
Logo

एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप


315
Shares

काठमाडौं । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालले इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले ती बालिकाको उद्धार गरेको थियो । त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले उक्त विषयमाथि प्रश्न समेत गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना भएको थियो ।

शर्माविरूद्ध २०८१ गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्