Logo
Logo

सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्‌मा छलफल


0
Shares

काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

उनका अनुसार १ लाखभन्दा कम वाचा भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो । ‘यो विषय वाचापत्रमा पनि छ । संवेधनशील छौं,’ उनले भने ।

सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा पनि उल्लेख गरेको थियो ।

साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला सरकारले रास्वपाको वाचापत्र अनुसार नै उक्त विषय कार्यसूचीमा समेटिएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्