Logo
Logo

‘बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रदेश नं. २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडबीच ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । २ नं. प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुँयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो ।

सम्झौता अनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा सञ्चालनमा आएको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ । यो अभियान अन्तर्गत २०७५ माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ । मन्त्रालयले प्रदान गर्ने १३ हजार ६४६ रुपैयाँ १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।
प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लेकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ सहकार्य गर्दै प्रभु बैंकले आफूलाई व्यावसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । निरन्तर व्यवसायिक सफलता हासिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई आप्mनो सामाजिक उत्तरदायित्व वहन गर्ने अवसरको रुपमा लिएको जनाएको छ । प्रदेश नं. २ को यस लोकप्रिय कार्यक्रम र प्रभु बैंक सामाजिक सेवाभाव सहितको बैंकिङ सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्