Logo
Logo

एमाले सांसदलाई प्रधानमन्त्रीले भने-कर्मचारीतन्त्र खत्तम पार्ने तपाईँहरू नै हो


7.2k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुन् । 

The current image has no alternative text. The file name is: balen-7.jpg

एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए । तर, प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । 

एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईँहरू हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’

त्यसबाहेक छलफलमा गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए ।

सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका थिए । उनीहरूले कैलाली९खक्रौला नाकादेखी चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् । यसबारे प्रधानमन्त्रीले चासो राखेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्