Logo
Logo

एमालेले फेर्‍यो आन्दोलनको स्वरूप


3.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडकमा उत्रिएको नेकपा एमालेले आन्दोलनको स्वरूप फेरेको छ । अब कमिटी भेलामार्फत् जनपरिचालनमा जोड दिने तयारी गरेको हो ।

त्यसअनुसार एमालेले २५ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले वडा तहसम्मको कमिटी परिचालन गर्ने निर्णय गरेको हो।

चैत २८ गते ७५३ वटै पालिकास्तरीय विरोध प्रदर्शन, वैशाख ३ गते ६ हजार ७४३ वटा कमिटीको भेला आयोजना गर्ने निर्णय गरेको छ ।

वैशाख ७ गते प्रदेशका राजधानीहरूमा प्रदर्शनको कार्यक्रम तय भएको छ। आगामी वैशाख १२ गते काठमाडौं उपत्यकास्तरीय भेला, प्रदर्शनको तयारी गरिएको सचिव महेश बस्नेतले जानकारी दिए।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गत शनिबार निवासबाटै पक्राउ परेका थिए।

एमालेले राजनीतिक प्रतिशोध साधिएको भन्दै सडक आन्दोलनलाई तीव्रता दिएको थियो। सडक आन्दोलनमा नेता–कार्यकर्ता र नागरिकसमेतको उपस्थिति कमजोर बनेपछि एमाले संगठन सुदृढीकरणमार्फत् शक्ति आर्जनको आन्तरिक कसरतमा जुटेको हो।

यसअघि एमालेका जनसंगठनहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन्। केन्द्रीय नेताहरूकै उपस्थितिमा माइतीघर मण्डलमा जुलुससमेत प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्