
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिए । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ । आज संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी रहेको छ ।
मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।











