Logo
Logo

ज्यान मार्ने धम्की दिनेविरुद्ध हर्क साम्पाङको लगातार उजुरी


567
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आज पनि एक जनाविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने बताएका छन् ।

यसअघि सोमबार मात्र उनले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो हत्या गर्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । साम्पाङले सामाजिक सञ्जालमार्फत फेरि आज त्यस्तै प्रकृतिको अर्को उजुरी दिइने जानकारी दिएका हुन् ।

‘सरकारलाई बेलगाम घोडा बनेर जथाभावी कुद्न नदिने प्रतिपक्ष हो–हर्क साम्पाङ र उसको पार्टी श्रम संस्कृति । यो कुरा हेक्का राख’, उनले लेखेका छन्, ‘गालीगलौज गर्नेलाई माफी नै छ । तर ज्यानमार्ने र घर जलाउने धम्की दिनेहरूविरुद्ध सीआईबीमा रिपोर्ट गर्नेछु । आज नि एउटा पर्छ ।’

तर उनले आफुलाक्षर्् कसले धम्की दियो भन्ने कुरा खुलाएका छैनन् । उनले सीआईबी भनेर लेखे पनि सामाजिक सञ्जालसम्बन्धी उजुरी दिने स्थान साइबर ब्युरो हो ।

प्रतिक्रिया दिनुहोस्