Logo
Logo

खाजा समयमा पनि काम नरोक्न कर्मचारीलाई ललितपुर अदालतको निर्देशन


315
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको छ । अदालत प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो ।

यसअघि कर्मचारीहरुका लागि प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः ३० देखि २ः३० बजेसम्म र शुक्रबार १ देखि २ सम्म दिउँसोको खाजा समय तोकिएको थियो । तर, मंगलबारदेखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्