Logo
Logo

सुहाङले छाडेनन् संसदीय दलको नेतामा दाबी, बादलसँग चुनाव लड्दै


2k
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुहाङ नेम्वाङले दाबी प्रस्तुत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार एमालेले बादललाई सर्वसम्मत नेता बनाउने तयारी गरेको थियो । तर, सुहाङले आफ्नो अडान नछोडेपछि अन्ततः निर्वाचन प्रक्रियामार्फत नै नेता छानिने भएको हो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार बादलले उम्मेदवारी दर्ता गराइसकेका छन् भने नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि फारम लगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्