काठमाडौं । नेपाल प्रहरीले अप्रिल फूल डे मनाएको छ।
सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको÷नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ।

त्यसमा एउटा स्क्यान कोड समेत राखिएको छ । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ। साथै, प्रहरीले सचेतनाका लागि यस्तो गरेको देखिन्छ।
‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ,’ प्रहरीले भनेको छ।
प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ। त्यस्तै यसबारे परिवारलाई पनि सचेत गर्न भनेको छ।











