काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिए।
संसदीय दलको नेतामा बादलसँगै सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। उनले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्रसमेत लिएका थिए। तर, प्रस्तावक र समर्थक जुटाउन नसकेपछि अन्ततः उनले आफ्नो दाबी फिर्ता लिएका हुन्।











