Logo
Logo

जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौँ : हर्क साम्पाङ


630
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले जनता मारेर कानुन बचाउने चलनको अन्त्य गर्न आग्रह गरेका छन् ।

मानव केन्द्रित विकास गर्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। साथै उनले कानुनका लागि कानुन नभइ मान्छेका लागि कानुन हुनुपर्ने भनाइ राखेका छन् ।

‘जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौं ! कानुनको लागि कानुन होइन ! मान्छेको लागि होस् कानुन !’ उनले लेखेका छन्, ‘मानव केन्द्रित विकास गरौँ! जय माटो ! जय देश !!’

प्रतिक्रिया दिनुहोस्