Logo
Logo

राष्ट्रिय सभाको बैठक पनि आजदेखि सुरु हुँदै


504
Shares

काठमाडौं । राष्ट्रिय सभाको २० औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो २ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा बैठकको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए ।

संसदका महासचिव पद्‍मप्रसाद पाण्डेका अनुसार आज बैठकको सुरुमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानका लागि पठाएको पत्रको ब्यहोरा अध्यक्षले जानकारी गराउने तालिका छ ।

त्यसैगरि राष्ट्रपपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पनि अध्यक्ष दाहालले पढेर सुनाउने छन् ।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष र समितिका सभापतिहरूको निर्वाचनको तयारीका सम्बन्धमा पनि छलफल हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्