Logo
Logo

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ


882
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

The current image has no alternative text. The file name is: hark-2.jpg

शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ ।

श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्दैछन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ । देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’

प्रतिक्रिया दिनुहोस्