Logo
Logo

२७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने


630
Shares

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आफन्तले बुझेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ कि इनिशा गएको २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकाष्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो । उनको आजै भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्