Logo
Logo

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो


1.3k
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

उनको बिहीबार बिहान पेसमेकर फेरिएको हो  । शाहको मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो । उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।

चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । 

पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न नसक्दा शरीरमा पेसमेकर राखिने गर्छ ।

मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ । त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्नका लागि पेस मेकर उपकरण शरीरमा राखिन्छ । 

प्रतिक्रिया दिनुहोस्