
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
पहिलो बैठक भएकाले सबै दलका प्रमुख नेताले सम्बोधन गर्नेछन् । नेपाली कमयुनिष्ट पार्टी (नेकपा)का तर्फबाट भने संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नबोलेर वर्षमान पुनले बोल्ने तय भएको छ ।
झण्डै दुईतिहाइ सांसद रहेको रास्वपाका सभापति लामिछानेलाई संसद सचिवालयले २५ मिनेटको समय निर्धारण गरेको छ । ४० मिनेटको समय छुट्याइए पनि लामिछानेले २५ मिनेट भए पुग्ने बताएका थिए ।
नेपाली कांग्रेसले संसदीय दलको नेता छानिसकेको छैन । तर, कांग्रेसबाट भीष्मराज आङ्देम्बेले बोल्ने तय भएको छ । उनलाई बढीमा १० मिनेटको समय तोकिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ लाई बढीमा ८ मिनेट, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङ, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र स्वतन्त्र सांसद महावीर पुनलाई बढीमा ७ मिनेटको समय निर्धारण गरिएको संसद सचावलयले जनाएको छ ।











