Logo
Logo

यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ


315
Shares

काठमाडौं । प्रहरीले सुर्खेत यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

प्रहरीले बिहीबार बिहान ११:३० बजेको समयमा वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालय १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी १६ जना बिचौलियालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू- सेवाका कार्य गरिदिन्छु भनी रकम लिई बिचौलियाको काम गरिरहेका थिए । प्रहरीले सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यी हुन पक्राउ पर्ने  :

यातायात व्यवस्था कार्यालय सुर्खेतबाट

१. जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१ प्रगतिशील टोल बस्ने वर्ष ३६ को दीपक बहादुर बि.क. 

२.ऐ. ३ बस्ने वर्ष ६२ को इन्द्र बहादुर शाही

३. ऐ. १२ बस्ने वर्ष ३३ को प्रदीप खड्का

४. ऐ.लेकवेशी नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश दमाई

५. ऐ.बि.न.पा. ५ बस्ने वर्ष २८ को हरिप्रसाद देवकोटा

६.ऐ.१० बस्ने वर्ष ३२ को प्रभाकर शर्मा गौतम

मालपोत कार्यालय सुर्खेतबाट

७. ऐ.११ बस्ने वर्ष ३२ कि रोशमी तिवारी

८. ऐ.३ बस्ने वर्ष २५ कि लक्ष्मी शाही

९. ऐ.१२ बस्ने वर्ष ३८ कि कुसुम बुढा क्षेत्री

१०. ऐ.३ बस्ने वर्ष ३४ कि पार्वती योगी

११. ऐ.५ बस्ने वर्ष ३५ कि पवित्रा न्यौपाने

१२. ऐ.११ बस्ने वर्ष ३१ कि दुर्गा शाही

१३. ऐ.६ बस्ने वर्ष २३ कि सम्झना योगी

१४। ऐ।११ बस्ने वर्ष १८ कि रोशनी शाही

१५. ऐ.६ बस्ने वर्ष ३८ कि निर्मला योगी

१६. ऐ.११ बस्ने वर्ष २० की गीता सुनार ।

प्रतिक्रिया दिनुहोस्