काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मूर्खता नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘नेकपा (एमाले) को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौं, पोखरेलले लेखेका छन्, ‘गति अनुसार मति सपार्ने काममा लागौं, सिंगो एमाले पंक्तिले यो कुरा बुझौं ।’
सिद्धान्तहीन सत्ता स्वार्थ, सत्ता अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति र विधि-पद्धति विपरीतका गतिविधि पार्टीका लागि अत्यन्तै हानिकारक रहेको भन्दै उनले यस्ता कुराबाट बच्दै पार्टीलाई नयाँ स्तरमा गतिवान बनाउन एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको
एमाले आफ्नो स्थापनाकालदेखि नै व्यवस्थित विधि, पद्धति, सामूहिक नेतृत्व प्रणाली र आलोचनात्मक चेतबाट निर्देशित पार्टी रहेको स्मरण गराउँदै उनले मंसिरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा पनि पार्टीलाई नयाँ जीवन दिन गम्भीर बहस भएको उल्लेख गरेका छन् ।
अहिले पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै नेता पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमिलाई नबिर्सन र लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेका छन् ।











