Logo
Logo

सभामुखमा डोलप्रसाद अर्यालको एकल उम्मेदवारी


630
Shares

काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालको एकल उम्मेदवारी परेको छ ।  

The current image has no alternative text. The file name is: dp-.jpg

सङ्घीय संसद्ले तोकेको बिहान ११ बजेदेखि २ बजेसम्मको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको हो । यसबाट सभामुखमा उनी निर्विरोध भएका छन् । 

प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सिट रहेकाले अन्य उम्मेदवार विजयी हुने सम्भावना नरहेपछि कुनै दलले सभामुखमा आकांक्षा नदेखाएका हुन् ।  

संसद् सचिवालयले २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । अर्यालको एकल उम्मेदवारी परेपनि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा उनलाई विजयी गराइयोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्