काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन् । शुक्रवार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ । त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ ।
शुक्रवार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।











