काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना भएको थियो ।
सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् ।
युवा नेताहरूले पनि नेतृत्व परिवर्तनका लागि दबाब दिई रहेका छन् । युवा नेताहरूले आज मात्रै नेतृत्व परिवर्तनका लागि नेताहरूलाई फुल दिएर शुभकामना दिएका थिए ।











