Logo
Logo

बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ


819
Shares

काठमाडौँ । बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बले पक्राउ गरिएको कुरा नेपालखबरसँग पुष्टि गरेका छन्।

अमेरिकामा रहेकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै कलाकार लम्साललाई बलात्कारको आरोप लगाएकी हुन्।

त्यसलगत्तै लम्साललाई फिल्म ‘पाँच पाण्डव’बाट निष्कासन पनि गरिएको छ।

फिल्म निर्माण कम्पनी कालीरानी फिल्म्स् प्रालिका प्रस्तुतकर्ता नवीन श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी लम्साललाई ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्