Logo
Logo

प्रधानमन्त्रीलाई बारको पत्र- सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह


630
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाएको छ । कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएपछि बार एशोसिएशनले पत्र पठाएर सिंहदरबार प्रवेशका लागि सहज बनाइदिन आग्रह गरेको हो ।

बारका महासचिव केदारप्रसाद कोइरालाले पठाएको पत्रमा यसअघिकै व्यवस्था अनुसार, सिंहदरबार प्रवेशका लागि सहज बनाइदिन आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रुपमा सिंहदरबार परिसरभित्र प्रवेशका लागि साविक व्यवस्था बमोजिम हुन अनुरोध गर्दछौँ।’

यसअघि कानुन व्यवसायीले आफ्नो परिचपत्रका आधारमा सिंहदरबार प्रवेश गर्दै आएका थिए । अहिले भने सरकारले त्यसलाई रोकेको छ । सरकारको कदमले सिंहदरबार प्रवेशमा अवरोध सिर्जना भएको बारले जनाएको छ । सिंहदरबारभित्र प्रशासकीय अदालत रहेकाले कानुन व्यवसायीले सहज रुपमा प्रवेश गर्न पाउनुपर्ने बारको माग छ ।

प्रतिक्रिया दिनुहोस्