Logo
Logo

भोलिदेखि प्रतिनिधिसभा नियमावली संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल हुने


189
Shares

काठमाडौं । बिहीबारदेखि प्रतिनिधिसभा नियमावली संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले नयाँ नियमावली बनाउनका लागि संशोधन गर्नुपर्ने विषयका बारेमा नियमित छलफल सुरु गर्ने निर्णय गरेको हो ।

१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापति पराजुलीले आजको बैठकमा नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गरेका थिए । ‘यसमा केही संशोधन गर्नुपर्ने भए भोलि लिएर आउनुहोला भनेर सभापतिले भन्नुभएको छ,’ राईले भने ।

यस समितका सदस्यहरुमा राईसहित ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।

प्रतिक्रिया दिनुहोस्